काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले भने, ‘फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो । यसरी हुँदैन सत्ता पनि डगमगाएको जस्तो । जनताको मन जितेर पो सत्ता टिक्छ । मानिसको मुख बन्द गरेर सत्ता टिक्छ त ? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?’
महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने बताए ।