काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न नरोक्न सरकारलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङदेनले धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन भन्दै उनले सरकारले आफुलाई तत्काल सच्याउन आग्रह गरेका हुन् ।
उनले भनेका छन्-
शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन । धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफुलाई तत्काल सच्याओस !