लमजुङमा समलिंगी जोडीको विवाह दर्ता



लमजुङ । लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका– ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दोर्दी गाउँपालिकामा दर्ता भएको हो ।

विवाह दर्ता प्रमाणपत्रमा दुलाहको नाम सुरेन्द्र पाण्डे र दुलहीको रामबहादुर गुरुङको नाम उल्लेख गरिएको छ । उनीहरुको लमजुङमा मात्रै भनई नेपालमै पहिलो पटक दर्ता भएको समलिङ्गी विवाह हो । उनीहरुको बुधबार गाउँपालिकाको कार्यलयमा समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।


राम बहादुर गुरूङको पहिलो विवाह सम्बन्ध विच्छेद भएपछि उनको दोस्रो विवाह समलिंगीसँग भएको हो । गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न गत असारमा सरकारलाई अन्तरिम आदेश दिएको थियो।