रास्वपाको संयुक्त बैठक महोत्तरीमा बस्ने, यस्ता छन् एजेन्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा बस्ने भएको छ ।रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक यही मंसिर ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले बताए ।

तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल तथा निर्णय हुनेछ । प्रवक्ता ढकालका अनुसार बैठकमा प्रदेश सभापतिहरू पनि सहभागि हुने छन् ।