राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने भएको छ । मानव अधिकार आयोगको विश्वव्यापी गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राख्ने भएको हो ।

यसअघि तह घटुवाको चेतावनी पाएको राष्ट्रिय मानव अधिकार आयोगलाई ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन (गान्ह्री) ले सर्तसहित ‘ए’ ग्रेडमै राखेको हो ।


गान्ह्रीको स्तर निर्धारण उपसमितिले मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम रहेको भन्दै आयोगको ग्रेड घटुवा नगरेको हो ।

२०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आयोगका पदाधिकारी नियुक्त गरेपछि गान्ह्रीले आयोगको तह घटुवा गरी ‘बी’ मा झार्ने चेतावनी दिएको थियो ।