यस्ता छन् मन्त्रीपरिषद् बैठकका ५ निर्णय



काठमाडौं । सरकारले विद्युतीय सुशासन आयोगको सदस्यमा पुर्णबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज (बिहिबार) सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले केसीको नियुक्ती लगायत पाँच वटा निर्णय गरेको सुचना तथा संचारमन्त्री एवं सरकारकका प्रवक्ता रेखमा शर्माले बताइन् ।

आजको बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको उनले बताइन् । साथै सरकारी कागजातमा जन्ममिति विवादमा परेका उपरथि ताराध्वज पाण्डे र उर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्विकृत गर्ने निर्णय पनि गरेको मनत्री शर्माले जानकारी दिइन् ।


मन्त्रीपरिषदका निर्णयहरू :
१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।

४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५. उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।