काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा संयोजन समिति बनाएको छ ।
बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले माओवादी लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन् ।
यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ । बैठकले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।