काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् ।
भूकम्पबाट क्षति भएको संरचनालाई पुनर्निर्माण गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् । नयाँ कार्यालयमा सरेको अवसरमा छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे ।
‘१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पुरा भएको छ । पहिलेको ठाउँमा बस्दा गुम्म परेको, फ्रेस नहुने जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा बरन्डाहरू पनि हेर्न पाइने, स्पेस पनि ठुलो छ, त्यसैले अलि बढी फुर्छ होला भन्ने महसुस गरेको छु । अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाएकोमा सहरी विकास मन्त्री सीता गुरुङलाई आभार व्यक्त गरे भने पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।