भुकम्प पीडितका लागि सुदुरपश्चिम सरकारको १ करोड दिने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितको उद्धार र राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज (शनिबार) बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


गएराति जाजरकोट जिल्लाको बरेकोट नगरपालिका १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पिडीत घाइतेको उद्धार राहतका लागि शुदुरपश्चिम सरकारले उक्त रकम प्रदान गर्ने निर्णय गरको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले भुकम्पकका कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल एक करोड सहयोग गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै भुकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।