![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।
भारतका लागि केएल राहुलले सर्बाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
त्यसैगरी कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)