बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो



काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङको धमेना केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


पछिल्लो समय पश्चिम नेपालका जिल्लाहरुमा भूकम्प जाने क्रम जारी छ । गत कात्तिक १७ गतेमात्रै जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परि १५४ जनाको मृत्यु भएको थियो भने दुई सय बढी घाइते भएका थिए । सयौं घरहरु भत्किँदा स्थानीयहरु बारीमा बस्न बाध्य छन् ।