काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुगेका छन् ।
उनलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन गर्नेछन् । साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ ।
उनले साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ ।
प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नेछन् ।