नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार



काठमाडौं । बुधबार पनि शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।

बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ ।


समग्रमा बजार बढेको दिन आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ । बुधबार ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।