नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु



नवलपरासी । पूर्वी नवलपरासीको दलदले बुलिङटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजनाको गम्भीर घाइते भएका जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए  । ग १ ज ३२७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।

जिल्लाको अर्खलाबट दलदले आउँदै गरेको बोलेरो जिप बिहान देबचुली नगरपालिकाको वडा नम्बर ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।


जिपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान भएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।