नक्कली शरणार्थी प्रकरण : उच्च अदालतमा भोलिबाट जवाफी बहस हुने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइमा आज सरकारी वकिलले बहस गरेका छन् ।

उच्च अदालत पाटनमा गतहप्तादेखि सुरु भएको सुनुवाइमा आज तीनजना सरकारी वकिलको बहस सकेर हेर्दाहेर्दैमा राखिएको हो । भोलि सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन ।


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी कर्मचारीसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

थुनामा परेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितका व्यक्तिले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।