झापामा पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण



झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसँगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाइकल र्याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउँदा सडकमा लामबद्ध भएका समर्थकहरूले पूर्व राजालाई स्वागत गरेका थिए ।