संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।
संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ‘बाँच्न नसकिने’ बनाएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै एजेन्सीले लेखेको छ, ‘आश्रयस्थलहरूको अवस्था दयनीय छ । मानिसहरूसँग कुनै विकल्प छैन ।’
इजरायलले आफ्नो हवाई आक्रमण सुरु गरेपछि गाजा पट्टीमा लाखौं मानिसहरू विस्थापित भएका छन् । उनीहरु हजारौं पालमा बसिरहेका छन्।