कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर र डकर्मीसहितको टोली पठाउने



काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितका लागि एक हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयम्सेवकको २५ टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयम्सेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माल जानकारी दिए ।


चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो । प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने विश्वकर्माले जानकारी दिए । टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाई छ।