ओलीको टिप्प्णी- राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन्



बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दासमेत राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको बताएका छन् ।

शनिबार वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले रिगल आममाफी प्रकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार असंवैधानिक काम गरिरहेको भन्दै आपत्तिसमेत जनाए ।


योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको प्रसंगमा अध्यक्ष ओलीले भने, ‘अस्तिमात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर ग¥यो । तर, राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।’

वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको उनले बताए । ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ओलीले भने, ‘पढे लेखेपनि त्यसको सदुपयोग गरेनौँ भने पढेलेखेको के काम ? । जे छ, त्यसको सदुपयोग गर्न सक्नुपर्छ । होइन भने लोकतान्त्रिक प्रणाली पनि निरर्थक साबित हुन्छ ।’

अध्यक्ष ओलीले सरकारले समाजमा जथाभाबी अराजकता फैलिएको भन्दै भने, ‘कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् । तर, सरकारले कारबाही गर्न सकिरहेको छैन ।’