एमालेले सार्‍यो जिल्ला र पालिका अधिवेशन मिति



काठमाडौं । नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको मिति सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पु¥याएको हो ।

बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।


यस्तै, धनगढीमा राख्ने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने निर्णय गरेको छ । बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।