एनसेलबाट बाहिरिने आजियाटाको घोषणा



काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एक मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।


नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको हो ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको विज्ञप्तिमार्फत बताएका छन् ।

“हामीलाई विश्वास छ कि यो कदम आजियाटालाई आफ्ना रणनीतिक प्राथमिकता पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने छ,” उनले भनेका छन्, “यो कदम हाम्रा सबै लगानीकर्ताको दीर्घकालीन हितमा पनि छ।”

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।