सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।


उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केहि बिषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिए । विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्थालाई हटाउने उनले बताए । उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि उनले सभामुखलाई आग्रह गरिने बताए ।