विश्वकपको प्रारम्भिक छनोट खेल : अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओस बराबर



काठमाडौँ । नेपालले लाओसविरुद्ध बराबरी गोल गरेको छ । दोस्रो हाफको ४९औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै लाओसविरुद्ध १-१ गोलको बराबरी गरेका हुन् ।

यो गोलसँगै अन्जन नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोल गर्ने खेलाडी भएका छन् । उनले निरञ्जन रायमाझी र हरि खड्काले गरेको १३-१३ गोलको बराबरी गर्दै नेपालबाट धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।


यसअघि २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणको दशरथ रंगशालामा जारी खेलमा खेलको ३३औं मिनेटमा गोल गर्दै लाओसले नेपालमाथि १-० गोलको अग्रता लिएको थियो ।