मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको भन्दै विश्वासको मत दिने बताएका हुन् । उनले कोशीको समस्या समाधान गरिएको र यसले गठबन्धनलाई बलियो बनाउने दावी गरे । 


शनिबार बिहान नै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै उनले गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने जिकिर गरे ।

त्यस्तै उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ ।