मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य



काठमाडौँ । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको हो ।

मलेसियाका लागि सायद अजिजले सर्बाधिक ६८ रन बनाएका थिए भने जुबैद जुलकिफ्लेले २४, शर्भिन मुनियांडीले १३ रन, विजय उन्नेले १३ रन बनाएका थिए ।


त्यसैगरी नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए । त्यस्तै नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।