मनाङ एयरको हेलिकोप्टर दुर्घटना : घाइते पाइलटको उद्धार



सोलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ । 

लुक्ला विमानस्थलबाट बिहान ७: ११ बजे खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बुपासाङल्हमु गाउँपालिका- ४ लबुचेमा दुर्घटनाग्रस्त भएको हो । 


दुर्घटनामा परि हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने पाइलट बाच्न सफल भएका छन् । हेलिकप्टर जलेसँगै घाइते भएका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । 

घाइते पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।