भारत सरकारद्वारा क्यानेडियनका लागि फेरि भिसा सेवा सुरु गर्ने निर्णय



नयाँ दिल्ली । भारत सरकारले क्यानेडियनका लागि फेरि भिसा सेवा सुरु गर्ने निर्णय गरेको छ । भारतीय उच्चायोगले भारतले अक्टोबर २६ बाट क्यानाडामा भिसा सेवाहरू आंशिक रूपमा पुनः सुरु गर्ने जानकारी दिएको छ ।

हाल प्रवेश, व्यापार, चिकित्सा र सम्मेलन गरी चार विधामा भिसाका लागि आवेदन दिन सकिने बताइएको छ ।  खालिस्तानी हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच बढेको तनावपछि भारतले सेप्टेम्बर २१ मा भिसा सेवा निलम्बन गरेको थियो ।


भारतीय कूटनीतिक इकाईबाट धम्की आएपछि सेवा बन्द गरिएको थियो ।

यसअघि सेप्टेम्बर २० मा भारतको विदेश मन्त्रालयले क्यानडामा बस्ने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा क्यानडामा चलिरहेको भारत विरोधी गतिविधिलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गर्ने वा त्यहाँ यात्रा गर्ने नागरिकलाई धेरै सावधानी अपनाउन सल्लाह दिइएको थियो ।