प्रहरी महानिरीक्षक बसन्त कुँवर बेलायत प्रस्थान



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर आज (शनिबार) बेलायत गएका छन् । कुँवर नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार बेलायत प्रस्थान गरेको हो ।

बेलायतमा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘इन्टिग्रेटेट प्रोगाम फर स्ट्रेङ्थेनिङ सेक्युरिटी एन्ड जस्टिस’ कार्यक्रम हुँदैछ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै महानिरिक्षक कुँबरको टोली बेलायत गएका हुन् ।


टोलीमा प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल छन् । सो कार्यक्रममा नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूबीच सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गर्ने तयारी छ ।

महानिरीक्षक कुँवर विदेश प्रस्थान गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।