प्रधानसेनापति शर्मा चीन जाँदै



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।


प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।