त्रिविका प्राध्यापकहरूको अन्तर्वार्ता रोकिएपछि एमालेको आपत्ति



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति नेकपा एमालेका सचेतक महेश बर्तौलाले आपत्ति जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वनिर्धारित तालिकाबमोजिम प्राध्यापकहरूको वृद्धिविकासको काम अवरुद्ध भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले भने, भने, ‘पूर्वनिर्धारित तालिकाबमोजिम प्राध्यापकहरूको वृद्धिविकासको काम अवरुद्ध भएको थियो । उहाँहरूको वृत्तिविकासको लागि त्रिभुवन विश्व विद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तर्वार्ता आरम्भ गरेको थियो । सहप्राध्यापक र प्राध्यापकको लागि । आज समाजशास्त्र र हिन्दी विषयको अन्तर्वार्ता थियो । हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी ग¥यो र आदेश ग¥यो र यो अन्तर्वार्ता लिन पाँइदैन ।’


नेविसंघले तालाबन्दी गरेर अन्तर्वार्ता लिनका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरूलाई गेटमै रोक्ने चेतावनी दिएकोप्रति आपत्ति जनाए ।