काठमाडौँ । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
भारतले २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनाएको हो ।
भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए ।
त्यस्तै तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले अविजित ३७ रन बनाएका थिए ।
त्यसैगरी नेपाल बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।