गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, ‘जनरल’ वार्डमा सारियो



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

श्रेष्ठको सचिवालयका अनुसार बेइजिङ भ्रमणका क्रममा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार भई शुक्रबार बिहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सारिएको छ ।


भिडियो कुराकानीका क्रममा उपप्रधानमन्त्री आफैंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएको सचिवालयले जनाएको छ ।