कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, शम्शेर  र रामबहादुर बने मन्त्री



विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको लिएका छन् । आइतबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

कार्की एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजै सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् ।


कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।