धनगढी । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका अनुसार उनीहरूकाे बिहीबार साँझ नदीमा डुबेर मृत्यु भएको हाे ।
उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।