काठमाडौँमा चहलपहल बढ्दै



काठमाडौं । दशैं मनाउन काठमाडौं छोडेकाहरु फर्किनेक्रम शुरु भएको छ ।

दशैँको तेस्रो दिन उपत्यका भित्रिने मुख्य नाकामा चहलपहल बढेसँगै काठमाडौँका सडकहरुमा सवारीसाधनको चाप क्रमश बढ्न थालेको छ ।


बुधबार साँझ ६ बजेसम्म पाँच हजार ५९० सवारी साधनबाट ४४ हजार ३९४ जना काठमाडौं उपत्यका प्रवेश गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

काठमाडौँ का पसल, व्यवसायहरु पनि खुल्न थालेका छन् । दशैंको सार्वजनिक बिदा आजसम्म रहेकाले शुक्रबारदेखि सरकारी कार्यालय समेत खुल्ने भएकाले अब काठमाडौँको चहल पहल बढ्न थालेको छ ।