ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ



काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् ।

फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई शुक्रबारै प्रकाउ गरि अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाइएको सिंहदरबार वृत्तले जनाएको छ । प्रहरी वृत्त बौद्धले अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ ।