इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय



काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 इजरायल र गाजाबीचको घटनापछि समस्यामा परेका विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागेको जनाएको हो । 


परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताए । 

हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताए । २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कविहीन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताए ।

सम्पर्कविहीन बनेका विपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताए। गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।

मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताए । उनले भने,  ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ । त्यहाँबाट सबै प्रक्रिया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ ।’ 

शव नेपाल ल्याएर मृतकका आफन्तहरूलाई बुझाउने उनको भनाई छ । यसका लागि नेपालस्थित इजरायली दूतावास र इजरायलस्थित नेपाली दूतावास सक्रिय भएर लागेको उनको भनाई छ । 

आज र २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको पनि जानकारी दिए । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।