इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ । 

आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ । 


इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।