काठमाडौं । इजरायलमा रहेका दुई सय जनाभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेदन नाम टिपाएका छन् । सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका थिए। अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् ।
नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।