इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त



काठमाडौँ । हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका दशमध्ये पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ज्यान गुमाएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जनाएको हो ।


ज्यान गुमाएका अन्यको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ। साथै प्राप्त भएका शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै आक्रमणमा घाइते भएका ४ जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका, जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा छन्। दुई जनाको भने अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। आक्रमणको क्रममा वेपत्ता रहेका विपिन जोशीको खोजी जारी छ।