काठमाडौँ । इङल्याण्ड र आयरल्याण्डले २०२८ को युरोकप आयोजना गर्ने भएका छन् ।
युनियन अफ युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले मंगलबार २०२८ को युरोकप इङल्याण्ड र आयरल्याण्डका १० स्टेडियममा हुने घोषणा गरेको हो । २०२८ को फाइनलमा लण्डनस्थित विम्ब्ली स्टेडियममा हुने बताइएको छ ।
यसअघि टर्कीले पनि २०२८ को युरोकप आयोजना गर्न आफ्नो दाबेदारी पेश गरेको भएपनि उसले २०३२ को युरोकप आयोजना गर्न पाउने निश्चित भएपछि सो दाबेदारी छोडेको थियो । अब २०३२ को युरोकप भने इटाली र टर्कीले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
१७औं युरोकप फुटबल २०२४ मा जर्मनीमा आयोजना हुदै छ । यसका लागि अहिले युरोपका देशहरु छनौट चरणका खेलहरु खेलिरहेका छन् । २४ देशले भाग लिने युरोकपलाई मिनी विश्वकप पनि भनिन्छ । यो १४ जुन, २०२४ देखि १४ जुलाई २०२४ सम्म हुदै छ ।