११ किलो सुन तस्करी प्रकरणमा संलग्न थप एक चिनियाँ पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ११ किलो सुन तस्करी प्रकरणमा संलग्न फरार अभियुक्त एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सीआइबीको टोलीले आज बौद्धको माकलवारिबाट दावा नाम गरेको चिनियाँ नागरिकलाई  पक्राउ गरेको हो । उनलाई सीआइबीको कार्यालय महाराजगन्ज ल्याइँदै छ ।


प्रहरीले दोलखामा ११ किलो सुन बरामद गरेको थियो । यस प्रकरणमा यसअघि नै चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परिसकेका छन् ।