हमास–इजरायल घटना : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान



काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो ।

संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् ।


घटनाको निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोनमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफूहरु सँधै इजरायलको साथमा रहेको जनाएका छन् ।

यस्तै, जर्मनी र बेलायतले पनि घटनाको निन्दा गर्दै समस्या समाधानको उपाय खोज्न आह्वान गरेका छन् ।