स्वदेश फर्कियो क्रिकेट टोली, रोहित भन्छन्ः एसियाली खेलकुद सोचेजस्तो भएन



काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको टोली आज बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले प्रतियोगितामा सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए ।


उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । विश्व रेकर्ड बन्दा भने टिम धेरै नै खुसी भएको उनले बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए ।