सेनाको ट्रकको ठक्करबाट भद्रकालीमा स्कुटर चालकको मृत्यु



काठमाडौँ । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

बिहीबार राति साँढे ७ बजे काठमाडौं‌को भद्रकाली नजिक सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो। 


सेनाका प्र.-३-०१‍-००१ग ३७०५ नं.को ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट स्कुटर चालक काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो । ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।