सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन आज छापावाल सुन १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबारको तुलनामा आजको मूल्य एकहजार रुपैयाँले बढी हो । 

यो सुनको मूल्य हिजो निर्धारण भएको हो । यसअघि शनिबार सुनको मूल्य तोकिने गरेको थिएन ।

महासंघका अनुसार आज चाँदी तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।