सिरहाबाट ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद



काठमाडौं । सशस्त्र प्रहरी बल सिरहाले भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ८० लाख मूल्य बराबरको ७८ पोका कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा. सिरहाले जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा बरामद गरेको हो ।


राजस्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं ७ गण हे.क्वा. सिरहाको संयुक्त परिचालनमा असोज १३ गते ४० लाख बराबरको कपडा र हिजो सोमबार २५ लाख बराबरको कपडा बरामद गर्न सफल भएको थियो ।

नियन्त्रणमा लिएको सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा सिरहाले जानकारी दिएको छ ।