काठमाडौँ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक सकिएको छ ।
प्रधनमन्त्री प्रचण्डले इजरायल प्रकरणमा छलफल गर्न बोलाएको बैठकमा दु:खको समयमा सत्तापक्ष, प्रतिपक्ष नभैकन नेपाली जनताको साझा दु:खमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
इजरायल घटनामा सबै दल एक ठाउँमा उभिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको माओवादी नेता हितराज पाण्डेले जानकारी दिए। इजरायल घटना सम्पूर्ण दल एक ठाउँमा रहेको उनको भनाइ छ।
‘इजरायल घटनामा सबै दल एक ठाउँमा उभिनुपर्छ भनेर प्रधानमन्त्रीज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो। बैठकले सबै दल एकै ठाउँमा रहेको निष्कर्ष निकालेको थियो,’ उनले भने। इजरायल घटनाका सम्बन्धमा सरकारले गरिरहेका कामहरूबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको उनको भनाइ छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । एमालेबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका नेताहरु उपस्थित थिए ।