संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता



काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।  चारदिने औपचारिक भ्रमणका लागि गुटरेस आइतबार नेपाल आएका हुन् । 

गुटरेस र परराष्ट्रमन्त्री साउदबीच सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रीसँगका भेटजवार्तापछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि सिंहदरवारमै महासचिव गुटरेसले भेटवार्ता गर्दैछन् ।