विश्वकप छनोट फुटबल : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा



काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणको दोस्रो खेलमा लाओसलाई पराजित गरेको छ ।

लाओसमा भएको खेलमा नेपालले १–० गोलले पराजित गरेको हो । खेलको ५३ औं मिनेटमा नेपालका मनिष डाँगीले गरेको गोल नै निर्णायक बन्यो । 


पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । यसरी समग्रमा नेपाल २-१ ले विजयी हुदै विश्वकप छनौटको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ । 

अब नेपालले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह ‘एच’मा स्थान बनाएको छ । जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुनेछ ।